Logo
८ जेष्ठ २०८१, मंगलबार
(August 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिमस्टेक सम्मेलनमा सहभागी हुन, काठमाडौं ओर्लिए भुटानी सरकार प्रमुख वाङचुक

काठमाडौं- बिमस्टेक सम्मेलनमा सहभागी हुन भुटानका अन्तरिम सरकार प्रमुख छिरिङ वाङचुक बुधबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं उत्रेका छन्।

बहुपक्षीय आर्थिक तथा प्रविधिक सहयोगका लागि बंगलाको खाडीको प्रयास ९बिम्स्टेक० को चौथो सम्मेलनमा सहभागी हुन उनी काठमाडौं आएका हुन्। नेपालले पहिलो पटक आयोजना गरेको बिमस्टेक सम्मेलन बिहिबार सोल्टी होटलमा उद्घाटन हुँदैछ।

सम्मेलनमा सहभागी हुन थाइल्याण्डका राष्ट्रपति मंगलबार नै काठमाडौं आइसकेका छन् भने अन्य देशका राष्ट्र वा सरकार प्रमुख आउने क्रम जारी छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद बिहिबार बिहान काठमाडौं आउँदै छन्।

प्रकाशित मिति: Aug 29, 2018

प्रतिक्रिया दिनुहोस्