Logo
५ जेष्ठ २०८१, शनिबार
(August 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय सरकार चाहिन्छ, प्रदेश सरकार हटाउनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाण्डौ : राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले संघीयता नेपालका लागि उचित नभएको बताएका छन् । राप्रपाले विगतदेखि नै संघीयता कार्यान्वयनका क्रममा राखेका कुरा अहिले पुष्टी हुँदै गएको उनको जिकिर छ ।

एक रेडियो कार्यक्रममा कुरा गर्दै लिङ्देनले भने, “अहिले देशले जुन संघीयता, गणतन्त्र र धम रिपेक्ष बेहोरिरहेको छ, यो प्रारम्भमा नै हामीले यो अवश्यक छैन, देशले धान्न सक्दैन भनेका थियौँ ।” पछिल्लो समय संघीयतामा समस्या देखिन थालेको उनको भनाई छ । नेपालका लागि संघीयता अफापसिद्ध भएको लिङ्देनको जिकिर छ ।

देशले बाटो विराएको भन्दै अब सही बाटो पहिल्याएर हिँड्नुपर्ने उनको सुझाब छ । लिङ्देनले दुई तहको मात्रै सरकार आवश्यक रहेको बताए । “एउटा संघीय वा केन्द्रीय सरकार र स्थानीय सरकार । अधिकारसहितको सुदृढ स्थानीय सरकार चाहिन्छ । प्रदेश सरकार हटाउनुपर्छ ।” उनले भने ।

वहकाउमा लागेर तीन तहको सरकार बनाइएको उनको दावी छ । जनमत संग्रह गर्ने हो भने संघीयताको विपक्षमा जनमत जाने उनले बताए ।

प्रकाशित मिति: Aug 24, 2018

प्रतिक्रिया दिनुहोस्