Logo
८ जेष्ठ २०८१, मंगलबार
(August 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रकाण्ड पक्राउ प्रकरण : सर्वोच्चले छाड्ने, प्रहरीले नछाड्ने

नुवाकोट : तेस्रो पटक पक्राउ परेका नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको केहि समयमै अदालत परिसर बाहिरबाट उनलाई प्रहरीले दोस्रो पटक पक्राउ गरेको हो । यस अघि अवैध रुपमा चन्दा उठाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । पहिलो पटक पक्राउ परेका उनलाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो । प्रहरीले पुन:काभ्रेमा एउटा क्रसर उद्योगमा आगजनी गरेको आरोपमा पक्राउ गरेको थियो ।

गैर कानूनी रुपमा पक्राउ गरेको भन्दै प्रकाण्डका छोराले उनलाई छोड्न सर्वोच्चमा रीट निवेदन दायर गरेका थिए । बिहीवार बेलुका सर्वोच्चले थुनामुक्त गर्न आदेश दिने वित्तिकै प्रहरीले पुनः गत साउनमा बेलकोटगढी नगरपालिका–९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन नुवाकोट लगेको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जानकारी दिएका छन् ।

गत साउन ७ गते राति धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनको दुई स्काभेटरमा आगो लगाइएको थियो । आगो लगाएको कारण एउटा जलेर पूर्ण क्षति भएको थियो भने अर्को आंशिक क्षति भएको प्रहरीले बताएको छ ।

शुक्रवार विश्वकर्मालाई अनुसन्धानको म्याद थपको लागि अदालतमा पेश गरिने प्रहरीले बताएको छ ।

प्रकाशित मिति: Aug 24, 2018

प्रतिक्रिया दिनुहोस्