Logo
५ जेष्ठ २०८१, शनिबार
(August 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्मला पन्त हत्या प्रकरणलाई नेपाली कांग्रेसले उचाल्यो : भीम रावल

काठमाण्डौ : नेकपाका नेता भिम रावलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्याको घटनालाई नेपाली काँग्रेसले राजनीतीकरण गरेको आरोप लगाएका छन् । नेता रावलले केहि व्यक्तिहरुले आफ्नो राजनैतिक स्वार्थ पूर्ति गर्न, जनतामा गलत सुचना प्रवाह गर्ने र अपराधिलाई उम्काउने, उद्देश्यबाट राम्ररी अनुसन्धान गर्न नदिने काम गरिरहेको भन्दै त्यसप्रति जनसमुदायलाई सचेत रहन आग्रह गरे ।

नेपाली रेडियो नेटवर्कको एक कार्यक्रममा कुरा गर्दै नेता रावलले हत्या र अपराधका नाममा नेपाली काँग्रेसका केहि मानिसले अनावश्यक उक्साएको दावी गरे ।  “अपराधी कुनै पनि हालतमा छुट्नुहुँदैन । तर अपराधका नाममा केही व्यक्तिहरुले राजनीतिक स्वार्थपूर्तिका लागि अपराधी उम्काउने षडयन्त्र गरेका छन् ।” रावलले भने ।

उनले कञ्चनपुरमा आफ्ना पार्टीका स्थानिय जनप्रतिनिधी, सांसदहरु अपराधिलाई कुनै पनि हालतमा छुट दिन हुन्न भन्ने पक्षमा कडा भएर उभिएको दावी गरे ।

प्रकाशित मिति: Aug 24, 2018

प्रतिक्रिया दिनुहोस्