Logo
७ जेष्ठ २०८१, सोमबार
(August 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रेसको विज्ञप्ति : अपराधको गहिरो र गम्भीर छानविन गरेर अपराधीलाई कडा सजाय देउ

बालिका बलात्कारका वास्तविक अपराधीलाई सार्वजनिक गर्न माग गर्दै आन्दोलनमा उत्रेका कञ्चनपुरका बासिन्दाहरुमाथि सरकारले गोली चलाएर दमन गरेको भन्दै नेपाली कांग्रेसले निन्दा गरेको छ । पार्टीले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सरकारी दमनको निन्दा र भत्र्सना गरेको हो ।

‘जनप्रदर्शन पछिल्तिरका भावनाहरुलाई सरकारले संयमित पूर्वक आत्मसात गर्नु पर्नेमा उल्टै बल प्रयोग गर्ने, गोली चलाउने, दर्जन भन्दा बढीलाई घाइते बनाउने र कफ्र्युकै अवस्था सृजना गर्ने कर्मको हामी घोर निन्दा एवं भत्र्सना गर्दछौँ।’ मुख्य सचिव, कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञेप्तिमा भनिएको छ ।

‘कञ्चनपुर जिल्लामा बिहिबार भएको घटना र यसको पृष्ठभूमि सम्बन्धमा नेपाली कांग्रेस पार्टीका तर्फबाट नेपाल सरकारको गम्भीर ध्यानकर्षण गराउन चाहन्छौँ ।’ विज्ञेप्तिमा अगाडि भनिएको छ ।

कांग्रेसले अवोध बालिकाको बलात्कार पश्चातको हत्या जस्तो जघन्य अपराधको गहिरो र गम्भीर छानविन गरेर अपराधीलाई कडा सजाय दिनु पर्ने सरकारको दायित्व रहेको स्मरण गराउदै अनुसन्धानमा ढिलाई नगर्न सरकारलाई आग्रह गरेको छ ।

कुनै निर्दोषलाई दोषी भनेर करार गरिएको आशंका हुँदा त्यसले झनै विद्रोह जन्माउँने उल्ल्लेख गर्दै विज्ञेप्तिमा ‘गठित उच्चस्तरीय छानविन समिति मार्फत समग्र घटनाको गहन र निष्पक्ष छानविन गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ । घाइतेहरुको सम्पूर्ण उपचार गर्न समेत सरकारलाई नेपाली कांग्रेस आग्रह गर्दछ ।’ भनिएको छ ।

प्रकाशित मिति: Aug 24, 2018

प्रतिक्रिया दिनुहोस्