Logo
७ जेष्ठ २०८१, सोमबार
(August 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिभिन्न निर्णयहरु गर्न सिंहदरबार संवैधानिक परिषदको बैठक

काठमाण्डौ : बिभिन्न निर्णयहरु गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारस्थित संवैधानिक परिषदको बैठक बसेको छ ।अख्तियार दुरुपयोग अनुसंधान आयोग, सर्वोच्च अदालत लगायतका विषयमा निर्णय गर्न बैठक बसेको हो ।

प्रधानमन्त्री कार्यालयमा बिहिबार बसेको संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे र कानुनमन्त्री भानुभक्त ढकाल सहभागी भएका छन् । यसअघि प्रमुख प्रतिपक्षी नेता देउवाका कारण बैठक बस्न सकेको थिएन ।

प्रकाशित मिति: Aug 23, 2018

प्रतिक्रिया दिनुहोस्