Logo
७ जेष्ठ २०८१, सोमबार
(August 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आमाको कुटाइबाट आठ वर्षीया छोरीको ज्यान गयो

विर्तामोड : आमाको कुटाइबाट आठ वर्षीया छोरीको ज्यान गएको छ। विर्तामोड नगरपालिका-५ सुब्बा चोककी २७ वर्षीया हेमन्ता लिम्बुको कुटाइबाट आठ वर्षीया छोरी सफलताको ज्यान गएको हो।

छोरीको मृत्यु भएपछि आमा हेमन्तालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ। तर कारण भने खुल्न सकेको छैन।

उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

कोइरालाका अनुसार बुधबार बिहान विद्यालय पठाउन कपाल कोर्न नमानेपछि हेमन्ताले छोरीलाई लाठीले कुटपिट गर्दा दाहिने कन्चट, ‍ढाड र दुवै हातमा निलडाम परेकाे थियाे।

आमाको कुटाइबाट गम्भीर घाइते सफलताको विर्तामोडको विर्ता सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कोइरालाले जानकारी दिए।

 

प्रकाशित मिति: Aug 23, 2018

प्रतिक्रिया दिनुहोस्