Logo
२० बैशाख २०८१, बिहीबार
(August 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वस्त्र तस्बिर पठाउन फेसबुकको अनुरोध

आफ्ना प्रयोगकर्तासँग फेसबुकले निर्वस्त्र तस्बिर पठाउन अनुरोध गरेको छ । बदलाको भावनाले कोही व्यक्तिले कुनैपनि प्रयोगकर्ताका नाङ्गा तस्बिरहरू फेसबुकमा पोष्ट गर्न नपाओस् भन्नका लागि नाङ्गा तस्बिर माग गरिएको फेसबुकले जनाएको छ ।

तपाइँलाई कसैले आफ्ना अन्तरंग तस्बिरहरू फेसबुकमा पोष्ट गरिदिन्छ कि भन्ने डर छ भने फेसबुकलाई त्यस्ता तस्बिर उपलब्ध गराएर तपाइँ आफ्ना नाङ्गा तस्बिर सार्वजनिक हुनबाट जोगिनुहुन्छ । परिक्षणका लागि फेसबुकले यो आग्रह भने बेलायती प्रयोगकर्ताहरुमा गरेका हुन् ।

फेसबुकले यस्तै प्रविधिको प्रयोग अहिले बालबालिकामाथि दुर्व्यवहारयुक्त तस्बिरलाई फेसबुकमा पोस्ट हुनबाट रोक्नका लागि गरिरहेको छ । फेसबुकले यस्तो विधिको प्रयोग यसअघि अस्ट्रेलियामा गरेकोमा अब बेलायत, अमेरिका र क्यानडामा पनि सुरु गर्ने कोसिस गरिरहेको छ । फेसबुकका प्रवक्ताका अनुसार बेलायती फेसबुक प्रयोगकर्ताका लागि खुल्ला प्रस्ताव अघि सारिएको छ ।

प्रकाशित मिति: Aug 22, 2018

प्रतिक्रिया दिनुहोस्