Logo
५ जेष्ठ २०८१, शनिबार
(August 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहजिल्लामा प्रधानमन्त्री ओली : नागरिक अभिनन्दन गरिने

भद्रपुर : प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आउनुभएको छ । प्रधानमन्त्री बनेपछि उहाँ दोस्रोपटक यहाँ आउनुभएको हो । उहाँको आज कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कमल गाउँपालिका–७ मा ५० शैय्याको आयुर्वेद चिकित्सालय भवनको शिलान्यास गर्नुहुनेछ । उहाँले आजै गौरादहमा क्षेत्र नं ५ को क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तथा अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली आज अपराह्न काठमाडौँ फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: Aug 22, 2018

प्रतिक्रिया दिनुहोस्