Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले ६ महिने कार्यकालमा भाषण बाहेक केही काम गरेन : कर्ण

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालका सह–अध्यक्ष एवम् संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले ६ महिने कार्यकालमा एउटापनि राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले भने,‘ओलीजीको ६ महिने कार्यकालमा भाषणमात्रै भयो । कुनैपनि राम्रो काम भएन ।

प्रधानमन्त्री र मन्त्रीहरुको काम नै भाषणमात्रै गर्ने देखियो । उहाँहरुको भाषण हेर्दा त नेपाल कहाँबाट कहाँ पुगिसक्योजस्तो लाग्छ । तर, काम केही पनि गरेको छैन ।’ उनले कुनै मन्त्रालयको काम, कृति ठिक ढंगको नभएको पनि आरोप लगाए । उनले भने,‘गाउँभित्रका सडकहरु बनेका छन् । तर, गाउँ जोड्ने मूल सडकहरुको कन्तबिजोग छ । अरु त परै जाओेस मोटरसाईकलसमेत चल्न सकेको छैनन्।’ सरकारको ६ महिने कार्यकालबारे कामको मुल्यांकन गर्ने हो भने त जिरो नै रहेको उनको दाबी छ ।

फरक प्रसँगमा नेता कर्णले प्रधानमन्त्री ओलीले प्रदेश नम्बर २ को प्रदेश सभामा गरेको भाषणलाई आफूले वाहवाही नगर्ने स्पष्ट समेत पारे । उनले भने,‘ओलीको भाषणमा हामीले वाहवाह गर्नुपर्दैन् । वाहवाही गर्नुपर्ने अवस्था छैन । ओलीले आश्वासनबाहेक अरु केही पनि दिएनन् । संविधान संशोधनमा पनि उनले हामीलाई आश्वासन दिएका छन् । तर संविधान संशोधन गर्नको लागि कुनै चासो र गृहकार्य गरेको देखिँदैन् ।’

मधेश आन्दोलनका क्रममा आफ्ना नेता तथा कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाएको बताउँदै उनले भने,‘अझैसम्मपनि मुद्दा फिर्ता गरिएको छैन । बन्दी रिहाई गरिएको छैन । तर प्रधानमन्त्रीले हामीसँग सहमति गर्नुभएको छ ।’

प्रकाशित मिति: Aug 21, 2018

प्रतिक्रिया दिनुहोस्