Logo
२० बैशाख २०८१, बिहीबार
(August 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसबुकहरुमा देखिने विज्ञापनलाई करको दायरामा ल्याउन समितिको निर्देशन

काठमाडौँ : सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमन गरी करको दायरामा ल्याउन संसदको विकास तथा प्रविधि समितिले सूचना तथा सञ्चार प्रविधि र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।

बैठकमा सहभागी सांसदहरुले सामाजिक सञ्जालमा हुने विज्ञापनबाट ठूलो रकम बाहिरिएको भन्दै यसलाई नियमन गर्नुपर्ने आवाज उठाएका थिए।

समितिको सोमबार बसेको बैठकले मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो। फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा विज्ञापन गरे बापत ठूलो रकम बाहिरिएको भन्दै समितिले मन्त्रालयलाई यस्ता विज्ञापनको नियमन गरी करको दायरामा ल्याउन निर्देशन दिएको छ।

समितिले सोमबार सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटा र मन्त्रालयका सचिव महेन्द्रमान गुरुङलाई बोलाएर मन्त्रालयले गरेको काम तथा भावी योजनाबारे छलफल गरेको थियो।

प्रकाशित मिति: Aug 20, 2018

प्रतिक्रिया दिनुहोस्