Logo
२० बैशाख २०८१, बिहीबार
(August 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजभण्डारीलाई बर्खास्त गर्नुको कारण माग तर अन्तिरिम आदेश दिन अस्विकार

काठमाडौं : सर्वोच्च अदालतले सरकारको बर्खातीमा परेकी नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्नुको कारण सरकारसँग माग गरेको छ । आफूलाई बर्खास्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै अदालत पुगेकी राजभण्डारीको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासलेे अन्तरिम आदेश दिन भने अस्वीकार गर्‍यो ।

साउन २९ गते बसेको मन्त्रिपरिषद बैठकले टेलिकममा राजभण्डारीको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च गएकी थिइन् । सर्वोच्चको आदेशबाट टेलिकम फर्किने उनको चाहना पूरा हुन सकेन ।

प्रकाशित मिति: Aug 19, 2018

प्रतिक्रिया दिनुहोस्