Logo
५ जेष्ठ २०८१, शनिबार
(August 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमतीको हत्यापछि छोराछोरी बिचल्लीमा

बाँके : एक वर्षअघि श्रीमतीको हत्या गरी इलाका प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका मोहम्मद अस्ताव बेडुवाका सन्तानको बिचल्ली भएको छ ।

कोहलपुर नगरपालिका–४ बेलनपुरका २९ वर्षीय बेडुवाले विसं २०७३ असारमा २७ वर्षीया श्रीमती फल्सुनदेवीको हत्या गरेर सजाय भुक्तानका लागि अहिले कारागारमा रहेकाले उनका छ छोराछोरी बिचल्लीमा परेका हुन् । उनले झारफुक गर्न जाने भन्दै श्रीमतीलाई तीन किलोमिटर टाढा बाटोमा लगेर हत्या गरेका थिए ।

हाल टुहुरा जस्तै बानेका उनीहरु जहाँ जान्छन् त्यहीँ खान्छन् । कसैले मतलव गर्दैनन् । अलि ठूलो भएको जेठा छोरोले पनि मागेरै गुजारा चलाउँदै आएको बेडुवाको भाइबुहारी आसरा खानले बताए । ‘गरिबीका कारण आफ्नै ज्यान त पाल्न गाह्रो छ तर पनि हामी जे खान्छौ उनीहरूलाई त्यही खुवाउँछौँ, आसराले भने, ‘बालबच्चालाई कसैले सहयोग गरे उनीहरुको भविष्य उज्वल हुने थियो । ससाना बच्चा छन्, कहिले काँही पढ्न जान्छन् तर प्राय मागेरै छाक टार्दै हिँड्ने गर्छन् ।’

‘अरुको घरमा काम गरेर बालबच्चा र आफ्नो छाक टार्ने गरेकी छु’, बेडवाकी आमा सुन्दरीया खानले भने, ‘छोरा कारागारमा बसेपछि उस्का सन्तानलाई समस्या भएको छ । कसैले वास्ता नगरेकाले तिनले छाक टार्नकै लागि छिमेकीका गाईगोरु चराएर गुजारा चलाउने गरेका छन् ।  (रासस)

प्रकाशित मिति: Aug 6, 2018

प्रतिक्रिया दिनुहोस्