Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इराकवाली आमाको जाहेरीपछि सामिक्षा हत्या अभियोगमा बाबु, हजुरआमा र फुपु थुनामा

बुटवल, २१ साउन : रुपन्देहीको कञ्चन गाउँपालिका–५ की १६ वर्षीया किशोरी समीक्षा ठकुरीको हत्याको अभियोगमा परिवारकै तीन जना पुर्पक्षको लागि थुनामा गएका छन् ।

समीक्षाको मृत्युपछि इराकमा रहेकी आमा माया ठकुरी नेपाल फर्किर मार्ने उद्देश्यले मट्टितेल छर्केर आगो लगाइदिएको र सोही कारण जलेर मृत्यु भएको दावी सहित परिवारकै सदस्यहरुविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

गत असार ९ गते आफ्नै घरमा सुतिरहेको अवस्थामा शरीरमा आगलागी भएर गम्भीर घाइते भएकी समीक्षाको असार २० गते उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।

किटानी जाहेरीका आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरी २५ दिनसम्म म्याद थप गर्दै अनुसन्धान गरेको थियो । अर्की अभियुक्त समीक्षाकै फुपु मधु ठकुरी थापा भने फरार छिन् ।

अनुसन्धानपछि परेको ज्यान मुद्धामा रुपन्देही जिल्ला अदालतका न्यायाधीश शारदाप्रसाद कोइरालाको इजलासले समीक्षाका बाबु तेजबहादुर ठकुरी, हजुरआमा हरिकला माया ठकुरी, समीक्षाका फुपू अमृता भनिने शोभा राना ठकुरीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो ।

 

प्रकाशित मिति: Aug 6, 2018

प्रतिक्रिया दिनुहोस्