नयाँ नेपाल समाज केन्द्रका बालबालिकालाई बीएस फाउन्डेसनद्वारा सहयोग
काठमाण्डौको महाराजगंजमा रहेको बिष्णु–सरस्वती (बीएस)फाउन्डेसनले नयाँ नेपाल समाज केन्द्रलाई सहयोग प्रदान गरेको छ । बिष्णु –सरस्वती (बीएस)फाउन्डेसनले स्व। सरस्वती लामिछानेको सातौं पुण्य तिथिको अवसरमा काठमाडौँको बानेस्वरस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न,कपि लगायतका दैनिक आवश्यक बस्तुहरु हस्तान्तरण गर्दै सहयोग प्रदान गरेको हो ।
सामाजिक क्षेत्रमा सक्रिय बिएस फाउण्डेशनले समाजका बिभिन्न क्षेत्रमा रहेका गरीव, असहाय, दिन दुखीहरुलाई बिभिन्न अवसर पारेर यसरी नै सहयोग प्रदान गर्दै आईरहेको बिएस फाउण्डेसनका अध्यक्ष अम्बिका शर्मा लामिछानेले जानकारी गराउनु भयो।
बिएस फाउण्डेशन स्व ,सरस्वती लामिछानेकि छोरी बैकर,समाजसेवी तथा महिला उद्यमी अम्बिका शर्मा लामिछानेले सन् २०१० मा स्वर्गीय आमा सरस्वती लामिछानेको नाममा स्थापना गर्नु भएको हो । आफ्नी स्वर्गिय आमाको छैठो पुण्य तिथिका अवसरमा अनाथ वालवालिकाहरुलाई सरक्षण गर्दै आईरहेको नवकिरण आश्रमलाई बिभिन्न सामाग्री प्रदान गरीएको अध्यक्ष शर्माले जानकारी गराउनु भयो ।