Logo
१३ बैशाख २०८१, बिहीबार
(July 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बर्दिवास नगरपालिकाले स्थानीय गर्भवती महिलालाई पोषण आहार

गौशाला : बर्दिवास नगरपालिकाले स्थानीय ५३० गर्भवती महिलालाई पोषण आहार वितरण शुरु गरेको छ ।

बर्दिवास नगरपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई जनही १५ किलो चामल, पाँच किलो गेडागुडी, एक पाउ घ्यू र शुद्ध पानीका लागि एक–एक थान फिल्टर वितरण गरेको नगर प्रमुख विदुरकुमार कार्कीले जानकारी दिए ।

नगर प्रमुख कार्कीले सोमबार एक कार्यक्रमबीच बर्दिवास नगरपालिका– १, २ र १४ का ५४ गर्भवती महिलालाई पोषण सामग्री वितरण गरेर कार्यक्रमको शुभारम्भ गरे । हरेकबार खाना चार’ मूल उद्देश्यका साथ गर्भवती आमा र गर्भमा रहेका बच्चालाई आवश्यक पर्ने पोषिलो आहारस्वरुप कार्बोहाइडेट, प्रोटिन, भिटामिन र मिनरलयुक्त पोषिलो आहार वितरण गरिएको हो ।

प्रकाशित मिति: Jul 24, 2018

प्रतिक्रिया दिनुहोस्