Logo
१ जेष्ठ २०८१, मंगलबार
(July 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको निर्देशनमा कानुनमन्त्री तामाङले आजै राजिनामा दिने

काठमाण्डौ, ८ साउन : बंगलादेशमा मेडिकल शिक्षा पढ्न गएकानेपाली चेलीहरुका बारेमा जथाभावी अभिव्यक्ति दिएपछि आलोचित भएका कानुनमन्त्री शेरबहादुर तामाङलाई सरकारबाट फिर्ता बोलाउने तयारी भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएको हो । उनले आजै राजीनामा दिएको घोषणा गर्ने तयारी भइरहेको बताइएको छ ।

मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए । यद्यपि आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए भन्दै माफी मागेका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई बोलाएर छलफल गरेका थिए । छलफलका क्रममा नेताहरुले चौचर्फी विरोध र आलोचना भइरहेकाले तामाङले राजिनामा दिनु नै उचित हुने निष्कर्ष निकालेका हुन् ।

बहुमतसहितको सरकारले ५ वर्षमा जनमुखी काम गरेर लोकप्रियता कमाउनुपर्ने बेलामा मन्त्रीको अभिव्यक्तिले सरकार नै बदनाम भएको भन्दै उनलाई राजिनामा दिन सुझाब दिइएको हो । केही दिन अघि उनले एक कार्यक्रममा बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुले सर्टिफिकेटका लागि आफ्नो अस्मिता सुम्पनु पर्ने कुरा आफुले सुनेको बताएका थिए।

उनको अभिव्यक्ति गलत भएको र यसले बंगलादेशमा पढेका तथा पढिरहेका छात्राहरुको अस्मितामाथि दावा बोलेको भन्दै सामाजिक सञ्जालमा उनको व्यापक अलोचना भएको थियो।

प्रकाशित मिति: Jul 24, 2018

प्रतिक्रिया दिनुहोस्