Logo
८ बैशाख २०८१, शनिबार
(July 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वार्ता पनि विधि र प्रक्रियाबाट हुन्छ, तर यहाँ यस्तो हुन सकिरहेको छैन : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले २४ दिनदेखि आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीलाई वार्तामा बसेर समस्याको समाधान गर्न आग्रह गरेका छन् । उनले भने, ‘वार्ता पनि विधि र प्रक्रियाबाट हुन्छ । तर यहाँ यस्तो हुन सकिरहेको छैन । तैपनि हामी भनिराखेका छौं । आउनुस वार्ता गरौं । ‘

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो बहस गर्नुपर्छ त्यसमा सरकार तयार रहेको बताए । सरकारले बनाएको वार्ता टोलीसँग डा केसीले वार्ता गर्न नचाहेको भन्दै उनले असन्तुष्टी पोखे ।

उनले ठूला ठूला युद्धको निकास त वार्ता र संवादबाटै भएको भन्दै केसीलाई पनि वार्ताबाटै समस्याको समाधान निकाल्न आग्रह गरे । ओलीले डा. केसीको मागलाई कांग्रेस लागायत केही पार्टीले आफ्नो स्वार्थसँग जोडेको आरोप लगाए । उनले भने, ‘ कांग्रेस र अन्य केही पार्टीले डा केसीको आन्दोलनलाई उचालेर आफ्नो राजनीतिक स्वार्थको रोटी सेकेर स्वार्थ पुरा गरिरहेका छन् । जुन कुरा डा. केसीले बुझ्नु भएको छैन ।’

उनले डा केसीको मागबारे बोल्दै आफूहरु केसीको माग अनुसार नै आयोग बनाउन तयार रहेको बताए । उनले आयोगको अध्यक्षमा डा केसीलाई बस्न आग्रह गर्दै भने, ‘उहाँले माग राख्नुभएको छ । माग अनुसार आयोगको अध्यक्ष बन्नु न त भन्दा पनि मान्नु हुन्न ।’

डा. केसीले आफूले आफैं विरुद्ध मानवअधिकारको हनन् गरेको प्रधानमन्त्री ओलीले आरोप लगाए । उनले भने, ‘आफैंले आफैंलाई केही खान नदिएर बाँच्न नदिनु मानवअधिकार भित्र पर्दैन । अनशन मानवअधिकार भित्र पर्दैन । आफैंलाई प्रताडनमा पार्ने दुःख दिने मानवअधिकार भित्र पर्दैन ।’

प्रकाशित मिति: Jul 23, 2018

प्रतिक्रिया दिनुहोस्