Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणगढबाट वीरगञ्जतर्फ आउँदै गरेको बस दुर्घटनामा २० घाइते

हेटौँडा : नारायणगढबाट वीरगञ्जतर्फ आउँदै गरेको ना५ख ३७०१ नंको बस हेटौँडा–नारायणगढ सडक खण्डको लेबटमा आज मध्याह्न अनियन्त्रित भई सडकमा पल्टिँदा २० जना घाइते भएका छन् ।

घाइतेमध्ये ११को चुरेहिल अस्पताल र पाँचजनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चार घाइते सामान्य उपचारपछि हेटौँडा अस्पतालबाट घर फर्केको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो । बस चालक रौतहट जिल्ला चन्द्रनिगाहपुर नपा–११ बस्ने ३५ वर्षीय कुश थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी त्रिभुवन राजपथको हेटौँडा–भैँसे सडक खण्डको बागझोरामा सुक्खा पहिरो हटाई आज बिहान १० बजेदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बागझोरा सडकमा आज बिहान २ बजे सुक्खा पहिरो गई सडक अवरुद्ध भएको प्रजिअ चक्रबहादुर बुढाले बताए ।

प्रकाशित मिति: Jul 23, 2018

प्रतिक्रिया दिनुहोस्