Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउडकाे प्रतिष्ठित ‘जी सिने अवार्ड’ काठमाडाैंमा हुने, नेपालीलाई पनि अवार्ड

याे वर्ष बलिउडकाे प्रतिष्ठित सिने अवार्ड ‘जी सिने अवार्ड’ नेपालमा हुने भएकाे छ । अाँउदाे डिसेम्बर महिनामा अवार्ड वितरण कार्यक्रम काठमाडौं गर्ने तयारी भएकाे हाे । शनिबार जी इन्टरटेनमेन्ट इन्टरप्राइजका अध्यक्ष सुवास चन्द्रासहितको टोलीले प्रधानमन्त्री केपी ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटर डिसेम्वरमा जी सिने अवार्ड समारोहको आयोजना काठमाडौं गर्ने जानकारी गराएकाे थियाे ।

भेटमा सुभाष चन्द्रले हरेक वर्ष नेपाली फिल्मका लागिसमेत एक अवार्डको व्यवस्था गरिने घोषणासमेत गरेका छन्। उनले नेपालमा फिल्म सिटीको स्थापना गर्नका लागि प्रारम्भिक कार्य सुरु भइसकेको जानकारी दिए । टोलीमा एमपी सुभाष चन्द्र, डा. अमर सिंह, एसेल ग्रुपकी चेयरम्यान तथा जी टिभी नेटवर्ककी संस्थापक एक्स एमपी तथा नायिका जया प्रदा आदि सहभागी थिए ।

प्रधानमन्त्री ओलीको विशेष सक्रियता र निर्देशक दिनेश डिसीको संयोजनमा जी टेलिभिजनको एक टोली नेपाल आएको हो । शनिबार साँझ आफूलाई भेट्न आएको टोलीलाई प्रधानमन्त्रीले नेपालमा फिल्म सिटी स्थापना गर्न देखाएको तत्परताका लागि धन्यवाद दिए।

भेटमा नेपाल सरकारका पर्यटन मन्त्री रबिन्द्र अधिकारी, वरिष्ठ कलाकार निर शाह, शिव श्रेष्ठ, भुवन केसी, कलाकारहरु निखिल उप्रेती, झरना थापा, संचिता लुइँटेल, निर्देशक दिनेश डि सि, गायिका कोमल वली, गीतकार सम्भुजित बाँस्कोटा, निर्माता केशव भट्टराईलगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: Jul 22, 2018

प्रतिक्रिया दिनुहोस्