Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्पतालमा अनसनरत डा. केसीको समर्थनमा वसन्तपुरमा सामुहिक सत्याग्रह

काठमाडौँ : अस्पतालमा अनसनरत डा. गोविन्द केसीको समर्थनमा आइतबार बिहान वसन्तपुर डबलीमा आमनागरिकको सहभागितामा सामूहिक सत्याग्रह सुरु भएको छ ।

‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को आयोजनामा आयोजित सत्याग्रहमा अधिवक्ता अाेमप्रकाश अर्याल, कृष्ण पहाडी लगायत नागरिक समाजका अगुवाहरुकको  पनि सहभागिता रहेको छ ।

केही समय अघिसम्म १०० जना बढीले सत्याग्रहमा बस्नका लागि नाम टिपाएर अनसनमा बसेका छन्। सत्याग्रह बिहान १० देखी साँझ ५ बजेसम्म जारी रहने बताइएको छ।

शनिबार अलायन्सले नयाँ बानेश्वरमा गरेको कोणसभामा नागरिक सत्याग्रहको घोषणा गर्दा २६० बढीले आफ्नो नाम टिपाएको आयोजकले जानकारी दिएको छ।

प्रकाशित मिति: Jul 22, 2018

प्रतिक्रिया दिनुहोस्