Logo
७ बैशाख २०८१, शुक्रबार
(July 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पल र आँचलको, नयाँ म्यूजिक भिडियो ‘जुनमा राखु तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक

काठमाण्डौ : ‘जुनमा राखु तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायक पल शाह र नायिका आँचल शर्माको अभिनय रहेको छ । गीतले प्रेमील जोडीको भावना बोलेको छ ।

केहि समययता भिडियोमा सँगै नदेखिएका पल र आँचल पुनस् एकपटक भिडियोमा आएका हुन् । यसबीचमा नायिका शर्माले केहि म्यूजिक भिडियोमा अभिनय गरेकी थिइन् । नायक शाहले भने केहि ग्याप गरेका थिए ।

सार्वजनिक भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । कोरियोग्राफर पल आँफै हुन् । गीतमा प्रदीप ढकाल र निखिता थापाको स्वर रहेको छ भने प्रदीप ढकालकै संगीत र बिष्णू बाबु देवकोटाको शब्द रचना रहेको छ । अनिल के। मानन्धरले छायांकन गरेको भिडियोलाई सुप्रीम पराजुलीले सम्पादन गरेका छन् ।

प्रकाशित मिति: Jul 18, 2018

प्रतिक्रिया दिनुहोस्