Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन

काठमाडौं, १ साउन : सुनसरी स्थित धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो ।

मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो ।

विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो । उनको पार्थिव शरिरलाई आजै बेलुकासम्म धरान लगिने बताइएको छ ।

प्रकाशित मिति: Jul 17, 2018

प्रतिक्रिया दिनुहोस्