Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको पानी कुवाको बोलको नयाँ गीतको भिडियो सार्वजनिक

काठमाडौं : कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको पानी कुवाको बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । यो उनीहरुले गरेको अहिलेसम्मको फरक प्रकृतिको भिडियो हो, जसमा क्रुका सबै सदस्यहरु नेपाली पोशाकमा देखिएका छन् ।

आश्मा विश्वकर्मा गुन्यू चोलीमा सजिएकी छिन् भने सरोज लगायत क्रुका अन्य सदस्यहरु दौरा सुरवाल र स्टकोटमा देखिएका छन् । साथै भिडियोमा नायिका प्रियंका कार्कीलाई पनि देख्न सकिन्छ । भिडियोम उनको छोटो भुमिका छ ।

गीतमा गायक सरोज ओली र स्मिता दाहालले आवाज दिएका छन् । दिनेश थपलियाको शब्दमा रहेको गीतमा संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सौरभ लामाले छायांकन गरेका छन् । उदयराज पौडेलको एरेन्जको गीतलाई उज्वल श्रेयान महतले मिक्सिङ र अर्जुन जिसीले सम्पादन गरेका छन् ।

प्रकाशित मिति: Jul 17, 2018

प्रतिक्रिया दिनुहोस्