Logo
१५ बैशाख २०८१, शनिबार
(July 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु

खजुरा : बाँकेको कोहलपुर नगरपालिका–११ स्थित स्प्लेस्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

स्विमिङ पुलमा डुबेर कोहलपुर नगरपालिका–११ कि अपेक्षा शर्माको मृत्यु भएको हो । विद्यालय बिदा भएको मौका छोपी साथीसँगै स्विमिङ पुल पुगेकी १० वर्षीया बालिका शर्मा सोमबार साँझ पौडी खेल्ने क्रममा डुबेकी थिइन् ।

होटलले तत्काल उद्धार गरी कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा पु¥याए पनि उपचारको क्रममा बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।

स्विमिङ पुल सञ्चालक ३२ वर्षीय सूर्यदय श्रेष्ठ र २१ वर्षीय विजय शाहीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको छ ।

प्रकाशित मिति: Jul 17, 2018

प्रतिक्रिया दिनुहोस्