Logo
१५ जेष्ठ २०८२, बुधबार
(July 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नीलकण्ठ उप्रेती भारत र उदयराज पाण्डे मलेसियाका लागि राजदूतमा सिफारिस

काठमाडौँ, ३२ असार : सरकारले भारतका लागि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती र मलेसियाका लागि उदयराज पाण्डेलाई राजदूतको लागि सिफारिस गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उप्रेती र पाण्डेको नाम सिफारिस गरेको हो। संसदीय सुनुवाई समितिले सुनुवाई गरेपछि उनीहरुको नाम एग्रिमोको लागि सम्बन्धित देशमा पठाइने छ।

पाण्डे साउदी अरेबियाको राजदूत भइसकेका व्यक्ति हुन्। भारतमा कांग्रेस नेता दीपकुमार उपाध्याय चुनावका लागि फर्केदेखि खाली छ भने मलेसियामा निरञ्जनमानसिंह बस्न्यात फर्केपछि खाली रहेको छ।

प्रकाशित मिति: Jul 16, 2018

प्रतिक्रिया दिनुहोस्