Logo
१९ जेष्ठ २०८२, आईतबार
(July 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाग्‍लेको नियुक्तिसँगै कान्तिपुरका सम्पादक थापाद्वारा राजीनामा

काठमाडौं : कान्तिपुर पब्लिकेशन प्रालीको प्रकाशन कान्तिपुर दैनिकका सम्पादक हरिबहादुर थापाले राजीनामा दिएका छन्। केही दिन अघि प्रधान सम्पादक सुधीर शर्माले राजीनामा गरेपछि उक्त पदका दाबेदार रहेका थापाले नारायण वाग्‍लेको नियुक्तिसँगै राजीनामा दिएका हुन्।

कान्तिपुर मिडिया ग्रुपका अध्‍यक्ष कैलाश सिरोहियाले यसअघि अबको प्रधानसम्पादक हरिबहादुर थापा हुने भनी मौखिक आश्‍वाशन दिएता पनि त्‍यसलाई पूरा नगरेको विरोध स्वरुप थापाले राजीनामा दिएको कान्तिपुर स्रोतले जनायो।

कान्तिपुर मिडिया ग्रुपकाे व्‍यवस्थापनले शुक्रबार दिउँसै पत्रकार वाग्लेलाई १० वर्षपछि पुन: प्रधानसम्पादकको रुपमा भित्र्याएको छ।

प्रकाशित मिति: Jul 13, 2018

प्रतिक्रिया दिनुहोस्