Logo
१३ बैशाख २०८१, बिहीबार
(July 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिवि शिक्षण अस्पतालमा आजबाट आकस्मिक बाहेकका सेवा ठप्प

काठमाडौं : डा.गोविन्द केसीको माग सम्बोधनको पक्षमा रहेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आवासीय चिकित्सक हडतालमा उत्रेका छन् । उनीहरुले केसीको जीवन रक्षाको माग गर्दै शुक्रबारदेखि हडताल थालेका हुन् ।

डा.केसी १४ दिनदेखि जुम्लामा अनशनरत छन् । तर, उनको मागलाई लिएर सरकारसँग वार्ता हुन सकेको छैन् । उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन एनआरडीएले आजबाट आकस्मिकबाहेकका सेवा ठप्प पार्न थालेको छ ।

हिजो नै मधेशी चिकित्सक संघले चिकित्सा स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गरेको थियो । उनको स्वास्थ्य अवस्था दिन प्रतिदिन कमजोर बन्दै गइरहेका कारण केसीको जीवन रक्षाका लागि सरकारले गम्भीर र छिटो कदम चाल्न संघले आग्रह गरेको थियो ।

पत्रकार सम्मेलनमा संघका प्रवक्ता डा विनय पञ्जियारले अनशनप्रति सर्मथन जनाउँदै माथेमा आयोगको सुझाव प्रतिवेदनमाथि अहिले आएर प्रश्न उठेकाले उक्त प्रतिवेदनलाई समयसापेक्ष पुनरावलोकन गरिनुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति: Jul 13, 2018

प्रतिक्रिया दिनुहोस्