Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीका राउतलाई नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय पुरस्कार

एक नेपाली युवाले भारतको राजधानी नयाँ दिल्लीमा प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन्। सप्तरीका प्रकाशमणि राउत भारतमा सम्मानित भएका हुन्।

नयाँ दिल्ली स्थित  कन्स्टिट्युसन क्लबमा आयोजना गरिएको एक समारोहमा सम्मानित गरिएको छ। मानव अधिकारकर्मी राउतलार्इ गोल नामक संस्थाले सम्मानित गरेको हो।

दी ग्लोरियस अर्गनाइजेसन फर एक्सेलेरेटेड टु लिटरेसीले राउतलार्इ राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गर्दै ट्रफी र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको छ।

भारतको केन्द्र सरकारका पूर्वमन्त्री कमलसिंह नेगी र भारतीय जनता पार्टीका नेता डा. दिनेश उपाध्याय एवम् वर्खा शुक्ला सिंह लगायतले राउतलाई सम्मान गरेका थिए।

सामाजिक तथा मानव अधिकार क्षेत्रमा आधा दशकदेखि सक्रिय राउत नेपाल पिछडा वर्ग महासंघको भ्रातृ संगठन ओविसी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष हुन्।

प्रकाशित मिति: Jul 12, 2018

प्रतिक्रिया दिनुहोस्