Logo
८ बैशाख २०८१, शनिबार
(July 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महेश बस्नेतको प्रशन : भक्तपुर पीडामा छ, पानी जहाजको कुरा गरे खिल्ली उडाउने ?

काठमाडौं, २८ असार : नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले सामाजिक सञ्जालमा फोटो हालेर पानी जहाजको कुरा गर्नेलाई साइबर क्राइम अन्तर्गत कारबाही गर्न माग गरेका छन् । संसदमा विशेष समयमा बोल्दै उनले भक्तपुरमा सडकमा बाढी आएको फोटो हालेर पानी जहाजको कुरा गरेर मानवीय संवेदनामाथि खेल्ने काम भएको बताए ।

बाढीको फोटो हालेर पानी जहाजको कुरा गरेर मानवीय संवेदनामाथि खेलवाड गर्नेलाई सञ्चार मन्त्रालयले कडा कारबाही गर्नुपर्ने उनले बताए । भक्तपुरका जनताहरु बाढीको पीडामा अलमलिरहनुभएको छ । यसवर्ष भक्तपुर निकै पीडामा रहेको उनले बताए । हप्तामा एक दुई पटक टि्रपरको ठक्करबाट ज्यान जाने र बाढी आउने गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

कतिपय मान्छे सामाजिक सञ्जालमा फोटो खिचेर पानीजहाज आएछ भनेर उडाइरहेका छन्’ उनले भने ‘सक्नुहुन्छ भने बाढीपीडित भक्तपुर र देशभरिका जनतालाई सहयोग गर्नुस् सक्नुहुन्न भने यो संवेदनामा खेेलेर पानीजहाजको कुरा नगर्नुस् यो वाहियात कुरा गर्नेलाई कारबाही गर्नुपर्छ । साइबर क्राइमलाई कडा ढंगले लागू गर्नैैपर्छ ।’

 

प्रकाशित मिति: Jul 12, 2018

प्रतिक्रिया दिनुहोस्