Logo
७ बैशाख २०८१, शुक्रबार
(July 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भीमदत्त नगरपालिकाका दश वडामा इन्टरनेट जडान

कञ्चनपुर : भीमदत्त नगरपालिकालाई सूचना र प्रविधियुक्त नगरपालिका बनाउन दश वटा वडामा इन्टरनेट जडान गरिएको छ । नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन सेवा भएका भीनपाका–१९ मध्ये आधा भन्दा बढी वडामा इन्टरनेट सेवा जडान गरिएको हो ।

नगरपालिकाबाट प्रदान गरिने सबै सेवा सुविधालाई कागजविहीन बनाउने, वडा र नगरपालिका कार्यालयलाई इन्टेरनेटबाट जोड्ने र इ–गभर्नेन्सको अवधारणा अनुरुप काम कारबाही डिजिटल गर्ने उद्देश्यले सबै वडामा इन्टरनेट जडान गर्न थालिएको नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।

पेपरलेस र डिजिटललाइजेशन गर्ने लक्ष्यअनुसार वडामा ई सूचना प्रणालीसमेत जडान गर्ने कार्यलाई अगाडि बढाएका छौँ, उनले भने, । यसअन्तर्गत भीनपा कार्यालयमा टिभी जडान गरिएको छ । चालु आर्थिक वर्षभित्र खुला मञ्चमा एलइडी टिभी राख्ने अर्को वर्ष गड्डाचौकी र भाँसीमा पनि विस्तार गर्ने योजना बनाइएको छ ।

एलइडी टिभीबाट नगरपालिकाबाट प्रदान हुने सेवा सुविधासम्बन्धी जानकारी गराइने तथा सूचना र विज्ञापन प्रशारणसमेत गरिने बताइएको छ । उक्त नगरपालिकाले सबै सेवा सुविधा मोबाइलमार्फत जानकारी पाउन सक्नेगरी मोबाइल एप्स तयार गरेको छ । गुनासा र सुझाव पनि दिन सकिने गरी सो एप्स तयार गरिएको हो ।

मोइबाल एप्समा नगरपालिका कार्यालयबाट प्रदान हुने सबै सेवा सुविधा, सूचना र जानकारी राखिएका छन् । यसको प्रयोगका लागि एन्ड्रोइड मोबाइलको प्ले स्टोरमा गएर अंग्रेजीमा भीमदत्त मुनिसिपालिटी डाउन गरी हेर्न सकिने व्यवस्था मिलाइएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विनय कलौनीले बताए ।

यसैगरी नगरपालिकाले क्लिन सिटी ग्रिन सिटी र टुरिज्मको मोबाइल एप्स बनाउने भएको छ । यसका लागि तयारी शुरु गरिएको उनले जानकारी दिए । भीमदत्त नगरपालिकामा कर्मचारीलाई कार्यालय समयमा नियमित गराउन विद्युतीय हाजिरी (ई–हाजिरी) शुरु गरेकोे छ । कर्मचारीलाई निर्धारित समयमा कार्यालय आउन र जानका लागि उक्त नगरपालिकाकोे सातौँ बैठकले ई–हाजिरी शुरु गर्ने निर्णय गरेको थियो ।

नगरप्रमुख सुरेन्द्र विष्टले स्थानीय तहको निर्वाचनमा नगरपालिकाका सबै सेवा सुविधालाई कागजविहीन बनाएर विद्युतीय प्रणालीमा लैजाने प्रतिबद्धताअनुसार कार्यालयबाट ई–हाजिरी शुरु गरिएको बता) ।

रु नौ करोडको लागतमा खानेपानी आयोजना शुरु

शुक्लाफाँटा नगरपालिका– ८ मा रु नौ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना निर्माणका लागि बोरिङ गर्न थालिएको छ । खानेपानी आयोजनाबाट नगरपालिकाको वडा नं ८ र ९ का एक हजार ७०० घरधुरी लाभान्वित हुने वडा नं ८ का वडा अध्यक्ष बहादुर महराले बताए।

‘चुरे फेदीको बस्ती भएकाले गर्मीका बेला खोला सुक्ने गरेका छन्’, उनले भने, “नदी र खोलाको पानीसमेत सुक्छ । स्थानीय बासिन्दाले शुद्ध पानीका लागि निकै सास्ती खेप्नुपर्ने भएकाले आयोजना निर्माणको कार्य अगाडि बढाइएको हो ।” आयोजना निर्माणपछि सर्वसाधारणले सहजरुपमा शुद्ध पानी पाउने उनले बताए । आयोजना निर्माणको कार्य अगाडि बढेपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । (रासस)

प्रकाशित मिति: Jul 12, 2018

प्रतिक्रिया दिनुहोस्