Logo
१५ चैत्र २०८०, बिहीबार
(July 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऋषि धमलाकी श्रीमति एलिजा गौतमको ‘अनुराग’ पोस्टर आउट

काठमाडौ : साउन २५ बाट पोस्टपोन्ड भएर असोज १२ गतेलाई प्रदर्शन मिति लक गरिएको पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतमले निर्माण र अभिनय गरेको फिल्म ‘अनुराग’ को चार अफिसियल पोस्टर सार्वजनिक भएका छन् ।

पोस्टरमा नव-अभिनेत्री एलिजा र नव-अभिनेता समुन्द्र पण्डितलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । ‘कान्छा दाई’ र ‘यस्तो साथी’ बोलका दुई गीत सार्वजनिक भइसकेको अवस्थामा सार्वजनिक पोस्टरले फिल्मप्रतिको उत्सुकता झनै बढाएको छ ।

‘अनुराग’ मा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ । ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसी छायाँकार हुन् ।

प्रकाशित मिति: Jul 12, 2018

प्रतिक्रिया दिनुहोस्