Logo
८ बैशाख २०८१, शनिबार
(July 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकपको पहिलो सेमिफाइनल : फ्रान्स फाइनलमा, बेल्जियम ‘आउट’

काठमाडौं २७ असार : छिमेकी देश बेल्जियमलाई विश्वकप फुटबलको सेमिफाइनलमा पराजित गर्दै फ्रान्स रुस विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

फ्रान्सको जितमा रक्षापङ्क्तिका खेलाडी सामुएल उमटिटी नायक रहे। उनले दोस्रो हाफमा ग्रिजमेनले कर्नरमार्फत दिएको बललाई टाउकोले उत्कृष्ट गोलमा परिणत गरेका थिए।

खेल अवधिभर रक्षात्मक देखिएको फ्रान्स अन्तत: तेश्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो। सन् १९९८ मा ब्राजिललाई हराउँदै उपाधि जितेको फ्रान्स सन् २००६ मा इट्लीसँग पेनाल्टीमा हारेको थियो।

मस्कोमा बुधवार हुने इङ्ग्ल्याण्ड र क्रोएसियाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग अब उसले उपाधिका लागि खेल्नेछ। रुस विश्वकपमा शानदार खेल देखाउँदै बेल्जियमले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।

प्रकाशित मिति: Jul 11, 2018

प्रतिक्रिया दिनुहोस्