Logo
१५ चैत्र २०८०, बिहीबार
(July 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः राजपा संसदीय दलको नेताका लागि चुनाव हुने, महन्थ र राजेन्द्रबीच भिडन्त

काठमाडौं, २६ असार : राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलको नेताको लागि चुनाव हुने भएको छ । राजपाका एक नेताले दिएको जानकारी अनुसार आउने शनिबार दलको नेताको लागि चुनाव हुने भएको हो ।

यो बीचमा सर्वसम्मतीको लागि अन्तिम प्रयास गर्ने तर शुक्रबारसम्मपनि कुनै सहमति हुन नसके अन्तिममा चुनावी प्रतिपष्र्धा नै हुने भएको हो ।

स्रोतका अनुसार अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतोबीच दलको नेताको लागि चुनावी प्रतिष्पर्धा हुने निश्चित् भएको छ ।

अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई सर्वसम्मती बनाउने आवाज उठिरहेको बेला राजेन्द्र महतोले उनलाई टक्कर दिने तयारी गरेका छन् ।

महतो दलको नेतामा उठ्ने तयारी गरेसँगै अहिले राजपामा चुनावको तयारी भएको छ । स्रोतले दिएको जानकारी अनुसार संयोजक ठाकुर भने सर्वसम्मती हुन नसके चुनाव नलड्ने पक्षमा समेत पुगेका छन् ।

राजपामा अहिले १७ सांसद छन् । यसमध्ये सांसद रेशमलाल चौधरी भने जेलमा छन् । १६ जनामा संयोजक ठाकुर र अर्का सदस्य महतो दुवैसँग ८/८ जना सांसदहरु छन् ।

प्रकाशित मिति: Jul 10, 2018

प्रतिक्रिया दिनुहोस्