Logo
१३ बैशाख २०८१, बिहीबार
(July 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. केसीको जीवन रक्षाका लागि सवै स्वास्थ्य संस्थाहरुमा सेवा ठप्प हुने

काठमाडौँ, २६ असार : नेपाल चिकित्सक संघले बुधवारदेखि देशभरीका सवै स्वास्थ्य संस्थाहरुमा विहान दिनहुँ एक घन्टा काम नगरी आफनो अनुकुलको विरोध प्रदर्शण गर्ने निर्णय गरेको छ । संघले ११ दिनदेखि अनसन बसेका प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको लागि बृहत छलफल पछि सर्वसम्मत निर्णयबाट विरोध कार्यक्रमको घोषणा गरेको जनाएको छ ।

डा. केसीले उठाउँदै आएका चिकित्सा शिक्षा र स्वास्थ्यसंग सम्वन्धित जायज मागहरुलाई समर्थन गर्दे आएको छ ।सरकारले समस्या समाधान गर्न पहल नगरे यो समय बढाउदै लगेर इमर्जेन्सी बाहेकको सेवा बन्द गर्ने स्थिति आउन सक्ने समेत चेतावनी संघले दिएको छ ।

वुधवारदेखि सबै स्वास्थ्य निकायमा विहान दिनहुँ एक घन्टा विहान १० देखि ११ बजे काम नगरी आफूलाई पायक पर्ने विरोध कार्यक्रम सञ्चालन हुने चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए । यस पछि समेत सरकारले समस्या समाधान नगरे यो समय बढाउदै लग्दै अन्तत: इमर्जेन्सी वाहेकको सवै सेवा बन्द गर्ने समेत उनले बताए ।

यस्तै संघका मुलुकभरीका शाखाहरुले सम्बन्धित जिल्लाका शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) संग समन्वय गरी संघले सञ्चालन गरेका कार्यक्रमहरुका विषयमा छलफल गरी सहयोग पुर्‍याउने अपिल गर्ने निर्णयसमेत चिकित्सकहरुले गरेका छन् ।

प्रकाशित मिति: Jul 10, 2018

प्रतिक्रिया दिनुहोस्