Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा सदरमुकाममा उपभोक्ताको भिडभाड

बैतडी : जिल्लाका स्थानीयतहमा बैंकिङ सुविधानहुँदा सदरमुकामका बैंकमा उपभोक्ताको भिडभाड रहेको छ । सदरमुकाम स्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा सेवाग्राहीको भिड बढ्दै गएको छ । असारको शुरुवातदेखि नै बैंकमा भिड लागेको हो । स्थानीय तहमार्फत सञ्चालित योजनाको भुक्तानी लिनेको भिड वाणिज्य बैंकमा लाग्ने गरेको छ ।

बैंकमा दिनभर लाइन लागेपछि मात्रै पालो आउने गरेको सेवाग्राहीले बताएका छन् । बैंकिङ कारोवारकै लागि सदरमुकाम आएका दोगडाकेदार गाउँपालिकाका भुपेन्द्र भण्डारी ग्लोबल बैंक स्थापना भएपनि सबै कारोवार वाणिज्य बैंकमार्फत हुने गरेको बताउछन् ।

गत वर्ष साउनमै स्थानीय तहमा बैंक स्थापना हुने भनिए पनि केही स्थानीय तहमा अझै पनि बैंक स्थापना भएको छैन । सदरमुकाममा अन्य बेला सुनसान भए पनि असार शुरु भएदेखि निकै भिड बढेको छ । बैंकबाट भुक्तानी लिनेको सदरमुकाममा भिड बढ्दा कारोवार बढेको स्थानीय व्यापारी विनोदबहादुर चन्दले बताएका छन् ।

जेठमै सम्पन्न भएका योजनाको भुक्तानी दिन ढिलाइ हुँदा असारमा उपभोक्ताको भिडभाड बढेको हो । स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारण बैंकिङ कारोबारका लागि सदरमुकाम धाउन बाध्य छन् ।

प्रकाशित मिति: Jul 10, 2018

प्रतिक्रिया दिनुहोस्