Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र ‘मिस्टर भर्जिन’ को अफिसियल टीजर भयो सार्वजनिक

भदौ १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘मिस्टर भर्जिन’ को अफिसियल टीजर सार्वजनिक भएको छ । कमेडीले भरिएको टीजरमा तीन भर्जिन युवा गौरव पहारी, विजय बराल र कमलमणी नेपालसँगै यौनकर्मीको भूमिकामा रहेकी मरिश्का पोखरेल प्रस्तुत छन् ।

वल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको फिल्मलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

‘मिस्टर भर्जिन’ मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ । यस फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह(निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् ।

प्रकाशित मिति: Jul 10, 2018

प्रतिक्रिया दिनुहोस्