Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणगढ-मुग्लिन सडकखण्डमा खसेको पहिरोले सडक अवरुद्ध

चितवन : नारायणगढ– मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ घुमाउनेमा मंगलबारबिहान ठूलो पहिरो खसेको छ । थप पहिरो नखसेमा पहिरो पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

सोही सडकको टोपे खोला र जलवीरेमा पनि साना पहिरो खसेका छन् । यसअघि सोमबार राति ११ः४० बजे गाईघाटमा खसेको पहिरो आज बिहान १ः३० बजे पन्छाएर एकतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो । सोमबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेकाले सो सडकका जुनसुकै ठाउँमा पहिरो खस्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति: Jul 10, 2018

प्रतिक्रिया दिनुहोस्