Logo
१६ जेष्ठ २०८२, बिहीबार
(July 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

इलाम : इलामको माङसेबुङमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् ।

माङसेबुङबाट झापाको दमकतर्फ जाँदै गरेको ट्र्याक्टर माङसेबुङ गाउँपालिका–३ स्थित मानपुरमा दुर्घटना हुँदा घाइते भएका माङसेबङ गाउँपालिका–६ रक्सेका अन्दाजी २१ वर्षीय सरेन राईलाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते पाँचजनाको झापाको विभिन्न अस्पतालमा उपचार भइरहेको र ट्र्याक्टर चालक विक्रम लावती भने फरार रहेको बताइएको छ ।

प्रकाशित मिति: Jul 9, 2018

प्रतिक्रिया दिनुहोस्