Logo
१३ बैशाख २०८१, बिहीबार
(July 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चौधरीमाथि दुव्र्यवहार गर्नेलाई कारवाहीको माग

काठमाडौँ : नेपाल पत्रकार महासंघले पत्रकार महासंघ प्रदेश नं ५ समिति सदस्य राम विकास चौधरीमाथि दुव्र्यवहार गर्नेलाई कारवाहीको माग गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले आईतबार विज्ञप्ति जारी गदै रुपन्देहीस्थित सम्मवरीमाई गाउँपालिका अध्यक्ष जीतेन्द्रनाथ शुक्लाले दुव्र्यवहार गर्दै धम्क्याएको घटनाको छानवीन गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।

यही असार २२ गते समाचार संकलानार्थ गाउँपालिकाको कार्यालय पुगेका चौधरीलाई अध्यक्ष शुक्लाले दुव्र्यवहार गर्दै हातमा समातेर गाउँपालिकाको कार्यालयबाट बाहिर निकाली गोरखपुर पु¥याइदिने भनेर धम्क्याएको पीडित पत्रकार चौधरीले बताएका महासंघले जनाएको छ ।

प्रकाशित मिति: Jul 8, 2018

प्रतिक्रिया दिनुहोस्