Logo
१३ बैशाख २०८१, बिहीबार
(July 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संगीता श्रेष्ठ निर्देशित चलचित्र ‘कथा काठमाण्डु’ को फस्टलुक पोष्टर सार्वजनिक

काठमाडौं : असोज १२ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सञ्चारकर्मी संगीता श्रेष्ठ निर्देशित चलचित्र ‘कथा काठमाण्डु’ को फस्टलुक पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा फिल्मका प्रमुख तीन जोडी फिचर्ड छन् ।

यसमा अभिनेत्री प्रियंका कार्कीको रोमान्स आफ्नो रियल प्रेमी आयुष्मान देशराज जोशीसँग नभई अभिनेता प्रमोद अग्रहरीसँग रहेको पोष्टर बोल्छ । प्रियंका र आयुष्मानको प्रेमको सुरुवात यही चलचित्रको सेटबाट भएको थियो ।

अभिनेता संयोग कोइरालाको जोडीमा सन्ध्या केसी छिन् भने अभिनेत्री प्रेक्षा अधिकारीसँग आयुष्मानले रोमान्स गरेका छन् । निर्देशक श्रेष्ठका अनुसार, तीन भिन्नभिन्न कथालाई बुनेर एउटा सिंगो कथा बनाइएको छ ।

विजय राईको निर्माण रहेको ‘कथा काठमाण्डु’ मा लुज सिंहको छायांकन र मित्र गुरुङको सम्पादन छ ।

प्रकाशित मिति: Jul 8, 2018

प्रतिक्रिया दिनुहोस्