Logo
१५ चैत्र २०८०, बिहीबार
(July 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा केसीलाई आन्दोलन छाडेर सरकारी कर्मचारीको मर्यादामा बस्न प्रधानमन्त्रीको चेतावनी

काठमाडोँ : प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी आमरण अनशनरत डा । गोविन्द केसीलाई आन्दोलन छाडेर सरकारी कर्मचारीको मर्यादामा बस्न चेतावनी दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रदेश २ का नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूसित शनिबार विकास निर्माणबारे छलफल गर्दै ओलीले केसी जनताको करबाट तलब खाने सरकारी प्राध्यापक भएकाले मर्यादामा बस्नुपर्ने बताए । केसीले माग राख्दैमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउन नसकिनेसमेत ओलीले बताएको छलफलमा सहभागी एक सांसदले जनाए ।

ओलीले केसीलाई राजनीति गर्ने भए राजीनामा दिएर पार्टी प्रवेश गर्नसमेत चुनौती दिए । उनले केसीमाथि कांग्रेसको आडमा अनशन बसी राजनीति गरिरहेको आरोप लगाउँदै कुनै व्यक्तिलाई अगाडि सारेर मुद्दा बनाइएको भरमा त्यसलाई स्वीकार्न नसकिने बताएका छन् ।

कान्तिपुर दैनिक

प्रकाशित मिति: Jul 8, 2018

प्रतिक्रिया दिनुहोस्