Logo
७ बैशाख २०८१, शुक्रबार
(July 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकप : रसियालाई क्रोएशियाले पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश

काठमाडौं : खेलको आयोजक रसियालाई क्रोएशियाले पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम चारणमा प्रवेश ।

सेमिफाइनलमा बुधबार क्रोएशियाले इंग्ल्याण्डको सामना गर्नेछ भने त्यसअघि मंगलबार फ्रान्सले बेल्जियमसँग खेल्नेछ । दुबै खेलहरु नेपाली समयाअनुसार राति पौने १२ बजे हुनेछन् ।

शनिबार राति भएको अन्तिम क्वार्टरफाइनलमा निर्धारित समय र अतिरिक्त समयमा खेल २–२ को बराबरीमा रोकिएपछि क्रोएशियाले पेनाल्टीमा ४–३ ले पराजित गर्दै आयोजक रसियालाई स्तब्ध पारेको थियो।

डेनिस चेरिसेभले खेलको ३१ औं मिनेटमा रसियालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको आठ मिनेटपछि आन्द्रेस क्रमारिकले मारिया मान्डुजिधले हेडरमार्फत गोल गर्दै निर्धारित समयको खेल बराबरीमा टुंग्गााए ।

थपिएको समयमा डोमागोज भिडाले १०० औं मिनेटमा गोल गर्दै क्रोएशियालाई अग्रता दिलाउँदा ११५ औं मिनेटमा मारियो फर्नान्डेजले हेडरमार्फत रसियाका लागि बराबरी गोल फर्काएपछि खेल पेनाल्टी तर्फ धकेलिएको थियो ।

पेनाल्टीमा रसियाका फेदोर स्मालोभको पेनाल्टी क्रोएशियाका गोलरक्षक डेनिजेल सुबासिकले बचाउ गरे भने मारिया फेर्नान्डेजले पेनाल्टी पोस्टभन्दा बाहिर प्रहार गरेपछि क्रोएशिया भाग्यमानी बन्यो ।

प्रकाशित मिति: Jul 8, 2018

प्रतिक्रिया दिनुहोस्