Logo
१२ बैशाख २०८१, बुधबार
(July 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असार २५ गते बस्ने गरी प्रतिनिधिसभाको दोस्रो बैठक अवरुद्ध

काठमाडौँ : प्रतिनिधिसभाको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । काँग्रेसले आमरण अनशरत डा गोविन्द केसीको उपचार र जीवन रक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा छलफलका लागि कार्यसूचीमा ल्याउन माग गर्दै दोस्रो बैठक पनि अवरुद्ध गरेको हो ।

संसद्को बैठक शुरु हुनेबित्तिकै नेपाली काँग्रेसका सांसदहरु आ–आफ्नो सिटबाट उठिरहेपछि सभामुख कृष्णबहादुर महराले तपार्इंहरुको माग अर्को बैठकको कार्यसूचीमा आउने जानकारी गराएका छन् । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले डा केसीको जीवनरक्षासम्बन्धी सार्वजनिक महत्व संसद्मा दर्ता भएको हुँदा सो प्रस्तावलाई छलफलमा नल्याएसम्म बैठक चल्न नदिने जानकारी गराएका छन् ।

सभामुखको पटक पटकको आग्रहपछि पनि नेपाली काँग्रेसका सांसदहरु उठिरहेपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । संसद्को अर्को बैठक असार २५ गते बस्नेछ ।

प्रकाशित मिति: Jul 6, 2018

प्रतिक्रिया दिनुहोस्