Logo
१२ बैशाख २०८१, बुधबार
(July 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदीय समितिका लागि राष्ट्रिय सभाबाट तीन जनाको नाम सिफारिस

काठमाडौं, २२ असार : राष्ट्रिय सभाबाट संसदीय सुनुवाई समितिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । १५ सदस्यीय सुनुवाई समितिमा राष्ट्रिय सभाबाट तीन जनाको नाम सिफारिस गरिएको हो ।

सांसदहरू सुमनराज प्याकुरेल, नन्दा चपाई र जितेन्द्रनारायण देवको नाम राष्ट्रिय सभाबाट सिफारिस गरिएको छ । प्याकुरेल, चपाई सत्तारुढ नेकपाका सांसद हुन् भने देव प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद हुन् ।

प्रतिपक्षी दल कांग्रेसले समितिमा बस्ने सांसदको नामावली नबुझाएपछि बिहीबारको संसद बैठकमा सभामुख कृष्णबहादुर महराले तीन दिन भित्र नाम बुझाउन‘अल्टिमेटम’ दिएका थिए ।

कांग्रेसले समितिका सभापतिमा भागबण्डा गर्न माग गर्दै नामावली बुझाउन नमानिरहेको थियो । संसदीय समितिका बाँकी १२ जनाको नाम प्रतिनिधि सभाबाट सिफारिस हुने व्यवस्था छ ।

प्रकाशित मिति: Jul 6, 2018

प्रतिक्रिया दिनुहोस्