Logo
६ बैशाख २०८१, बिहीबार
(July 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकप क्वार्टरफाइनल : आज फ्रान्स भर्सेस उरुग्वे र बेल्जियम भर्सेस ब्राजिल भिड्दै

एजेन्सी : विश्वकप फुटबल प्रतियोगितामा शुक्रबारदेखि क्वार्टरफाइनलका खेल हुँदैछन् । क्वार्टरफाइनलको पहिलो खेलमा फ्रान्स र उरुग्वे तथा बेल्जियम र ब्राजिल खेल्दैछन् ।

फ्रान्स र उरुग्वे बेलुकी पौने आठ बजे र राति पौने १२ बजे बेल्जियम र ब्राजिल खेल्नेछन् । सन् १९९८ को विश्व विजेता फ्रान्स अन्तिमपटक सन् २००६ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो । उरुग्वे अन्तिमपटक सन् २०१० को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो ।

सन् १९६६ मा उरुग्वेले समूह चरणमा फ्रान्सलाई २–१ ले हराएको थियो । त्यसयताका अरू दुई खेल गोलरहित बराबरी रहे । यी दुई टिमबीचका पछिल्ला दुई मैत्रीपूर्ण पनि गोलरहित बराबरी रहे । पाँच वर्षअगाडिको मोन्टेभिडियोमा भएको मैत्रीपूर्णमा उरुग्वे १–० ले विजयी थियो ।

यस्तै पाँचपटकको विजेता र दुई पटकको उपविजेता ब्राजिल सन् २००२ मा विजेता बनेपछिका लगातार दुई संस्करणमा क्वाटरफाइनलबाटै बाहिरिएको थियो भने लगातार दोस्रोपटक क्वाटरफाइनल पुगेको बेल्जियम अन्तिमपटक सन् १९८६ को विश्वकपमा मात्र सेमिफाइनल पुगेको थियो ।

प्रकाशित मिति: Jul 6, 2018

प्रतिक्रिया दिनुहोस्