Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कानेपोखरी गाउँपालिकाको राजगञ्जमा नहरमा डुबेर बालकको मृत्यु

उर्लाबारी : मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।

घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने सेल्टु ऋषिदेवका तीन वर्षीय छोरा राजकुमार ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनुभयो । शवलाई परीक्षणका लागि मंगलबारे अस्पताल उर्लाबारीमा राखिएको छ ।

प्रकाशित मिति: Jul 6, 2018

प्रतिक्रिया दिनुहोस्