Logo
२६ बैशाख २०८१, बुधबार
(July 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माइतीघरको निषेधाज्ञा तोड्दै सरकारविरुद्ध सडकमा कांग्रेस

काठमाडाैं, २० असार : माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न नपाउने सरकारको निर्णयविरुद्ध कांग्रेस सडकमा ओर्लिएको छ । नेता प्रदिप पौडेलको नेतृत्वमा बुधबार दिउँसो कांग्रेसले माइतीघर मण्डलाको निषेधाज्ञा तोडेको हो ।

नेता प्रदिप पौडेलले जनताको चौतारीको रुपमा रहेको माइतीघर मण्डलामा लगाइएको निषेधाज्ञा तत्काल खारेज गर्नुपर्ने बताएका छन् ।

शान्तिपूर्ण रुपमा जनताले विरोध गर्न पाउने अधिकारलाई सरकारले खोसेको बताउँदै डा.गोविन्द केसी, गंगामाया अधिकारीले न्याय पाउनुपर्ने र महंगी नियन्त्रणमा दवाव स्वरुप पनि कांग्रेस सडकमा ओर्लिन बाध्य भएको नेता पौडेलले बताए ।

प्रकाशित मिति: Jul 4, 2018

प्रतिक्रिया दिनुहोस्