Logo
४ बैशाख २०८१, मंगलबार
(July 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनुप विक्रम शाही र प्रशान्त ताम्राकार स्टारर चलचित्र ‘जय शम्भु’ को अफिसियल टीजर सार्वजनिक

काठमाडौं : अनुप विक्रम शाही र प्रशान्त ताम्राकार स्टारर चलचित्र ‘जय शम्भु’ को अफिसियल टीजर सार्वजनिक गरिएको छ । टीजरमा एक्सन दृश्य बढी मायाप्रेमका दृश्य कम समाबेश गरिएको छ ।

सार्बजनिक टिजरमा अभिनेता द्वय अनुप बिक्रम र प्रशान्त ताम्राकारलाइ एङ्ग्रि लुक्स्म बढी देखाईएको छ । टिजरबाट अभिनेत्री वर्षा शिवाकोटीको लागि द्वन्द भइ रहेको अनुमान लगाउन सकिन्छ ।

रुपेश तामाङ निर्देशित ‘जय शम्भु’ अनुप,प्रशान्त,वर्षाको अलावा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ । चलचित्रमा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द, टंक बुढाथोकीको संगीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।

राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘जय शम्भु’ को निर्मातामा अरविन्द्र शाक्य रहेका छन् ।काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा खिचिएको चलचित्र एक्सन लभस्टोरी जनरामा निर्माण भएको प्रस्तुतकर्ता दिनेश शाहीले बताएका छन् । चलचित्र भदौ १ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ ।

प्रकाशित मिति: Jul 3, 2018

प्रतिक्रिया दिनुहोस्