Logo
११ बैशाख २०८१, मंगलबार
(July 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाई राखौँ, मन्दिर जाँदा यो कुरा सँधै मनमा राख्नुहोस् 

मन्दिरमा प्रवेश उसको हुन्छ जसले आफ्नो मन बाहिरै छोडेर जान्छ । यदि तपाइँले मन्दिरको द्वारमै मन छोड्न सक्नु भएन भने मन्दिरमा प्रवेश सम्भव नै छैन । मनलाई बोकेर मन्दिर भित्र जानु र नजानुमा खास फरक छैन ।

मन बढो जटिल हुन्छ यो हतपति नियन्त्रणमा आउँदैन । यदि तपाइँले घमण्ड छोड्नु भो भने विनम्रताले तपाइँलाई गाँज्छ । एक दिन यस्तो आउँछ कि यो पृथ्वीमा म जति विनम्र कोही छैन भन्ने अहंकार शुरु हुन्छ । घमण्ड फेरी फर्केर आएको तपाइँ चाल नै पाउनु हुन्न । एक ब्यक्ति जंगलमा बस्ने एक तपस्वी भएको ठाउँमा पुगे र भने ‘हे सन्यासी तपाइँ त भिडभाडबाट जंगलमा आएर बस्नु भएको छ । मैले सुनें कि तपाइँ शिष्य पनि बनाउनु हुन्न । तपाइँलाई शिष्य बनाउने मोह पनि छैन

। तपाइँलाई कुनै कुराको आशा र इज्जतको लोभ पनि छैन । मैले अरु सन्यासी पनि देखेको छु’ उसले अन्य २(४ सन्यासीको कुरा पनि गर्यो । ती त्यागी पुरुष थिए । उनको आँखामा चमक आयो र चेहरामा नयाँ रौनक आयो । अनि बोल्न थाले ‘तपाइँले एकदम ठिक कुरा गर्नु भो । इज्जत प्रतिष्ठा कमाउन चाहने, पदका लागि मरिमेट्ने पनि सन्यासी हुन्छ ?

मलाई हेर्नुस् म एकान्त जंगलमा बसेको छु कुनै पदको लोभ छैन इज्जत चाहिएको छैन कोही आएपनि ठिक छ नआएपनि ठिक छ । अव भने यो मान्छेको मनमा पुरानै घमण्ड आयो उसलाई लाग्न थाल्यो कि म जंगलमा बसेको छु अरु भन्दा फरक छु । मेरो कुनै इच्छा पनि छैन । यस्तो घमण्ड सूक्ष्म हुन्छ र घुमिफिरी मान्छेमा आइ हाल्छ । यसकारण मानिसले मन्दिरमा प्रवेश गर्दा मन बाहिर राख्नु पर्छ ।

प्रकाशित मिति: Jul 2, 2018

प्रतिक्रिया दिनुहोस्